काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतका भाई अक्षतको विवाह रितु सागवानसँग भएको छ । उनीहरुको विवाह बिहीवार सम्पन्न भएको हो ।

यसैबीच अभिनेत्री कंगनाका तस्वीरहरु अहिले सोसल मिडियामा भाइरल बनिरहेका छन् । उनले आफ्नो भाईको विवाह स्मरणयोग्य बनाउनको लागि विवाहमा ६ करोड रुपैयाँ खर्च गरेकी छन् ।

साथै आफूले पनि भाईको विवाहमा १८ लाख रुपैयाँको गुजराती लेहेङ्गा लगाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

साथै उनले ४५ लाखको ज्वेलरी लगाएकी थिइन् । उनको तस्वीरहरु अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया