शुक्रवार अधिकांश मुद्राको भाउमा बढोत्तरी, कस्तो छ आजको विनिमयदर ?

काठमाडौं । नेपाली बजारमा शुक्रवार १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७५ पैसामा कारोबार भइरहेको छ । यस्तै बिहीवार १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३२ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ७९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा तोकेको छ । बिहीवार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ०१ पैसा र बिक्रीदर १४० रुपैयाँ ७२ पैसामा कारोबार भएको थियो ।

शुक्रवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५७ रुपैयाँ २३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ०२ पैसा निर्धारण गरेको छ । एक कारोबार दिन अगाडि बिहीवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५८ रुपैयाँ २७ पैसामा कारोबार भएको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१७ रुपैयाँ ५७ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?