नेपालमा रासायनिक मल कारखाना स्थापना गरिने

काठमाडौं । सरकारले नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने भएको छ ।

त्यसको लागि सरकारले अर्थमन्त्रीको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरिएको त्यसको सम्भाव्यता अध्ययन गरिने प्रस्ताव मन्त्रिपरिषद्मा छलफल गरिएको सञ्चार एवम् सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले भने, “सम्माननीय प्रधानमन्त्रीज्यूले महत्वपूर्ण निर्णय प्रस्ताव गर्नुभएको छ । स्वदेशमा रासायनिक मल कारखाना स्थापना गर्ने सन्दर्भमा माननीय अर्थमन्त्री ज्यूको नेतृत्वमा माननीय उद्योगमन्त्री र माननीय कृषी तथा पशुपंक्षी विकास मन्त्रीज्यूको तीन सदस्यीय समिति बनेको छ । यसको सम्भाव्यत्ता अध्ययन र यसको बारेमा निकट भविष्यमा कसरी लगानी गर्ने ? कुन मोडेलबाट लगानी गर्ने ? र कस्तो संरचनामा गर्नेभन्ने किसिमको सम्भाव्यता अध्ययन गरेर तुरुन्तै नेपालमा एउटा कृषिसँग सम्बन्धित रासायनिक मलको उद्योग स्थापना गर्ने निर्णय भएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?