कौडा खेलिरहेको अवस्थामा २४ जना पक्राउ

काठमाडौं । चितवनमा कौडा खेलिरहेको अवस्थामा २४ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका-५ कैलाशनगर बस्ने ४२ वर्षीय सुनिल कुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको अवस्थामा सुनिल कुमार क्षेत्री लगायत २४ जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो ।

कौडा खेलीरहेका छन् भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख १७ हजार १ सय ७५ रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?