प्रभु बैंकको चालु आवको पहिलो ३ महिनामा ३५ प्रतिशतको मुनाफा वृद्धि

काठमाडौं । प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासिक विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ को लाभांश धोषणा नगरेको प्रभु बैंकले चालु आवको पहिलो ३ महिनामा  ३५.२५ प्रतिशतले मुनाफा वृद्धि गरेको छ  ।

कम्पनीले सार्वजनिक गरेको प्रथम त्रैमासिक विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा ८५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गतवर्षको सोहि अवधिमा कम्पनीले ६२ अर्ब ८२ रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रथम त्रैमासिक विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसा र प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ३० पैसा रहेको छ ।

बैंकको चुक्तापूँजी १० अर्ब ३१ करोड कायम भएको छ भने कम्पनीको जगेडा कोषमा ५ अर्ब ७० करोड सञ्चित रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले १ खर्ब ३३ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १६ अर्ब ६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट बैंकले १ अर्ब ६९ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब २५ करोड १७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?