काठमाडौं । रौतहटमा गोली हानी हत्या गरिएकी १७ वर्षीया युवतीको हत्या प्रकरणबारे थप तथ्य पत्ता लागेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार १७ वर्षीया अमृता कुमारी साहलाई गएराति साढे ११ बजे अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।
उनी आमासँगै सुतिरहेकी उनलाई आमा अयोध्या साह तेली शौचालय गएको मौका छोपी अज्ञात व्यक्तिले गोली हानेको थियो । गोली चलेको आवाज सुन्ने बित्तिकै आत्तिएर आमा तेली छोरी अमृता भएको ठाउँमा आएकी थिइन् । उनी आउँदा छटपटाइरहेकी छोरीको केही समयपछि निधन भएको थियो ।
“माधवनारायण नगरपालिका वडा नं ७ लौकाहा टोल वस्ने राम अयोध्या साह तेलीको छोरी अं. वर्ष १७ की अमृता कुमारी साह आफ्नै माईतिघरमा आमासंग सुतिरहेको अवस्थामा निजको आमा ट्वाईलेट गएको बेलामा अज्ञात व्यक्तिहरु निजको घरमा पसि निज अमृता कुमारी साहलाई दाहिने पट्टिको कन्चटमा गोली हानेर फरार भएका थिए ।” जिल्ला प्रहरी कार्यालय रौतहटले भनेको छ ।
अमृताको गोली हानी हत्या भएपछि राति १२ बजे परिवारले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपरा र ज्वाडाबाट प्रहरी नायब निरीक्षक शैलेन्द्र साहको कमाण्डमा ५ जना, जिल्ला प्रहरी कार्यालय रौतहटबाट रौतहट जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक शिद्धी विक्रम शाहको कमाण्डमा प्र. ना. उ. भरत श्रेष्ठ सहित सोको टोली समेत ४० जनाको टोली खटिएको थियो ।
तत्काल घटनास्थल पुगेको प्रहरीको टोलीले प्रारम्भिक अनुसन्धान तथा घटनाबारे मुचुल्का पश्चात शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको जानकारी दिएको छ ।
उनको प्रेम प्रसंगका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर यसबारेमा अनुसन्धान भइरहेको छ ।
आफ्ना पतिसँग सम्बन्धबिच्छेद गरी माईतिघरमा बसेकी १७ वर्षिया युवतिलाई मध्यरातमा हत्या किन र कस्ले गर्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनको को २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवनगोठका सोहन भन्ने रुपेश साहसँग मागी बिहे भएको थियो ।
गत साउनमा उनीहरुको सम्बन्ध विच्छेद भएपछि उनी माइतीघरमा बस्दै आएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया