सपिङ फेस्टिबलमा हरेक सेकेण्ड ५.८३ लाख अर्डर बुक, आधा घण्टामा ४.१८ लाख करोडको बिक्री

काठमाडौं । चीनको सबैभन्दा ठूलो ई-कमर्स कम्पनी अलीबाबाको शपिङ फेस्टिबल सिंगल डे ११ नोभेम्बर बुधवार समपन्न भएको छ ।२४ घण्टासम्म चल्ने यो संसारकै सबैभन्दा ठूलो शपिङ फेस्टिबल हो ।

यसमा ग्राहकलाई भारी छुट दिइन्छ । कम्पनीको सेल शुरु भएलगत्तै मानिसले हरेक सेकेण्डमा ५.८३ लाख अर्डर गरेका छन् । सेलले शुरुवाती ३० मिनेटमा ४.१८ करोड रुपैयाँको बिक्री गरेर २०१९ को २४ घण्टाको रेकर्ड तोडेको छ । कम्पनीले २०१९ मा २४ घण्टामा ३८ बिलियन डलरको बिक्री गरेको थियो ।

यो इभेन्टको लाइभ न्यूज कभरेजका अनुसार संसारका टप १० देश चीनसँग क्रय गरिरहेका छन् । यसमा अमेरिका, रुस, फ्रान्स, मलेशिया, सिंगापुर, स्पेन, अस्ट्रेलिया, जापान, कोरिया र क्यानडा सहभागी छन् । पहिला अमेरिकाले चीनलाई मन नपराइरहेको थियो । तर अमेरिकाका मानिस चीनका सामान किन्न मन पराइरहेका छन् ।

जानकारका अनुसार यसले चीनको अर्थव्यवस्थालाई मजबुत बनाउनेछ । विशेषज्ञले भने महामारीका कारण चीनमा ग्राहकले अनलाइनबाट किनिरहेका छन् । अनलाइनबाट ३० प्रतिशत मानिसले सामान किनिरहेका छन् । यसबाट पनि अलीबाबालाई नै फाइदा रहेको बताइएको छ । किनभने इ कमर्स सेगमेण्टमा पहिलेको तुलनामा अब धेरै बिक्रेता उपस्थित छन् । साथै भारी सेलमा ग्राहकको भारी खर्चले देशको इकोनोमी मजबुत समेत बन्नेछ ।

२००९ बाट शुरु भएको सिंगल डे सेल इभेण्ट बिक्रीको रुपमा हरेका वर्ष नयाँ रेकर्ड बनाउँदै आईरहेको छ । यो वर्ष पनि कम्पनीले शुरुवाती मिनेटमा शानदार रेकर्ड बनाएको छ । अलीबाबाको यो सिंगल डे सेल इभेण्ट अमेरिको ब्ल्याक फ्राइडे र साइबर मनडेभन्दा धेरै राम्रो र चर्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?