कोरोना कहरकैबीच ग्लोबल आइएमई बैंकको मुनाफा ४० प्रतिशतले बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासिक विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ४० प्रतिशत भन्दा धेरैले नाफा वृद्धि गरेको छ ।

गत आव को सोहि अवधिमा कम्पनीले ७५ करोड ३१ लाख रुपैयाँ खुद आम्दानी गरेकोमा यस वर्षको सोहि अवधिमा ४० प्रतिशतले बढेर १ अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ रहेको छ ।

प्रथम त्रैमासिक विवरण अनुसार बैंकको प्रति शेयर आम्दानी २२ रुपैयाँ ३२ पैसा र प्रति शेयर नेटवर्थ १५८ रुपैयाँ ५९ पैसा रहेको छ ।

ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १८ अर्ब ९७ करोड ५८ लाख ८० हजार रुपैयाँ रहेको छ भने कम्पनीको जगेडा कोषमा ९ अर्ब २६ करोड ७१ लाख ७६ हजार रुपैयाँ सञ्चित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?