मिर्मिरे लघुवित्तको लाभांश घोषणा

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७को मुनाफनबाट शेयरधनीको लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको संचालक समितिको बैठकले चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृतिपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?