बिहीवार अधिकांश मुद्राको भाउमा बढोत्तरी, कस्तो छ आजको विनिमयदार ?

काठमाडौं । नेपाली बजारमा बिहीवार १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३२ पैसामा कारोबार भइरहेको छ । यस्तै बुधवार १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४० पैसा र बिक्रीदर ११९ रुपैयाँ ०० पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ०१ पैसा र बिक्रीदर १४० रुपैयाँ ७२ पैसा तोकेको छ । बुधवार १ यूरोपियन यूरोको खरिददर १३९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४० रुपैयाँ ४३ पैसामा कारोबार भएको थियो ।

बिहीवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५८ रुपैयाँ २७ पैसा निर्धारण गरेको छ । एक कारोबार दिन अगाडि बुधवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५७ रुपैयाँ ५६ पैसामा कारोबार भएको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ०५ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१६ रुपैयाँ ४६ पैसा रहेको छ ।

                                                                               

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?