सर्वोच्चको निर्णयप्रति खुसी हुँदै वामदेवले दिए यस्तो प्रतिकृया

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतको निर्णयप्रति खुसी व्यक्त गर्दै आफूमाथि परेको रिट कुनै पद र प्रतिष्ठासँग गाँसिएको विषय नभएको बताएका छन् ।

बुधवार सर्वोच्च अदालतले राष्ट्रिय सभा सदस्यका रुपमा काम गर्न नपाउने माग राख्दै सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी नगरेसँगै काम गर्न पाउनेगरी बाटो खुलेको छ ।

सर्वोच्चको निर्णयपछि खुसी व्यक्त गर्दै गौतमले आफूहरु पार्टीभित्र विधि र पद्धती स्थापित गर्ने अभियानमा लागिरहेका बेला केही व्यक्तिहरुले त्यसको विरुद्ध लागेको प्रतिकृया दिएका छन् । उनले भने, “वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन । हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए ।”

साथै आफूले संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढतापूर्वक उभिरहने विश्वास समेत व्यक्त गरेका छन् । “फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु ।” उनले भने

वामदेवले भनेका छन्

सबैप्रति आभार

राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलास ले खारेज गरेको छ ।

यसबीचमा मप्रति शुभेच्छा र सद्भाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु । मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान कानुन व्यवसायी मित्रहरु प्रति म कृतज्ञ छु । वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन । हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए । फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु ।

वामदेव गौतम उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?