राधेको ओटीटी डील : सलमानले मागे दुई करोड

काठमाडौं । खोल्ने स्विकृति पाएपछि पनि ८० प्रतिशत भन्दा धेरै सिनेमाघर भारतमा बन्द छन् । जुन खुलेका छन्, त्यहाँ मात्र दर्शक गएका छन् ।

ठूला फिल्मका निर्माताहरु अहिले नै फिल्म रिलिज गर्ने पक्षमा छैनन् । दर्शक पुरना फिल्म सिनेमाघरमा गएर हेर्न चाहाँदैनन् ।

त्यसैले फिल्म इण्डस्ट्रीको अवस्था नाजुक छ । यसको फाइदा भने ओटीटी प्लेटफर्मले लिएको छ ।

अहिले हरेक हप्तामा २ देखि ३ वटासम्म ठूला फिल्महरु ओटीटी प्लेटफर्ममा रिलिज गरिएको छ ।

अक्षय कुमार जस्ता बलिउड हस्तीहरुको फिल्म पनि यसमै रिलिज भईरहेको छ । र अहिले अभिनेता सलमान खानको फिल्म राधे ओटीटी प्लेटफर्ममा रिलिज गरिने बताइएको छ । सलमानले भने आफूलाई २ करोड रुपैयाँ दिन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?