ओपोद्वारा उपभोक्तामा जागरुकता बढाउने ‘क्वालिटी क्याम्पेन’ सञ्चालन

काठमाडौं । ओपोले आफ्ना ह्याण्डसेट्स तथा उपकरणलाई पृथक बनाउन सघाउने विभिन्न पक्षका बारेमा जानकारी प्रस्तुत गर्दै जागरुकता बढाउने सोचका साथ क्वालिटी क्याम्पेन सञ्चानलनमा ल्याएको छ ।

नोवेम्बर महिना भरी सञ्चालन हुने उक्त क्याम्पेन अन्तर्गत ओपोले आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म मार्फत ब्राण्ड तथा गुणस्तरका बारेमा जानकारी दिने विभिन्न भिडियोहरु सार्वजनिक गर्ने छ । उपभोक्तालाई भिडियो मार्फत उपकरणहरुको निर्माण प्रक्रियाका बारेमा जानकारी दिने प्रयास गरिने कम्पनीले जानकारी दिएको छ ।

डक्यूमेन्ट्रि झैँ लाग्ने यी भिडियोहरुमा गुणस्तर पस्कन सरलताप्रतिको ब्राण्डको केन्द्रिकरण र दृढता प्रस्तुत गरिएको छ । साथै, ब्राण्डले ओपो क्वालिटी मोमेन्ट क्याम्पेनको आयोजना गर्ने तयारीपनि गरेको छ ।

क्यामेन मार्फत ओपोले आफ्ना उपभोक्तासंग ओपो र तिनका बिचका क्वालिटी मोमेन्ट स्टोरिज वा कमेन्टका रुपमा पोष्ट गर्न अनुरोध गरेको छ ।

ओपो क्वालिटी मोमेन्ट क्याम्पेनः

उपभोक्ताका अनुभव र प्रतिक्रिया सुन्दै प्रयोगकर्तालाई अग्रपंक्तिमा राख्ने कम्पनीका रुपमा ओपोले आफ्ना आउँदा स्थानिय रणनीति निर्माण गर्नुका साथै आफ्ना उत्पादन तथा सेवाको गुणस्तरमा समेत स्तरोन्नती गर्ने सोच बनाएको छ ।

यसै उद्देश्य प्राप्तिका लागि कम्पनीले ‘ओपो क्वालिटी मोमेन्ट’ क्याम्पेनको आयोजना गर्ने तयारी गरेको छ । क्याम्पेन मार्फत ओपोले आफ्ना उपभोक्तासंग ओपो र तिनका विचमा घटित फेवरेट क्वालिटी मोमेन्टलाई स्टोरीज वा कमेन्टका रुपमा ह्याशट्याग :  #OPPOQualityMoments  #OPPONepal. को प्रयोग गर्दै कमेन्ट सेक्शनमा सेयर गर्न अनुरोध गरेको छ । यसरी प्राप्त प्रतिक्रिया मध्यबाट ओपोले तीन उत्कृष्ट कथाको छनोट गर्दै तिनलाई आकर्षक गिफ्ट ह्याम्पियर प्रदान गरिने जानकारी दिएको छ ।                                                 URL : https://facebook.com/1717940415125496/posts/2693134970939364/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?