बुधवार नेप्सेमा दोहोरो अंकको उछाल, ४ अर्ब भन्दा धेरैको कारोबार

काठमाडौं । बुधवार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । शुरुवाती कारोबार देखि बढेको बजार अन्तमा २८.८९ अंकले उकालो लाग्दै १७०७.६८ अंकमा बजार बन्द भएको छ ।

१.७२ प्रतिशतले बढेको बजारमा सेन्सिटिभ परिसूचक पनि १.५८ प्रतिशतले बढेको छ । बुधवार अधिकांश सूचक हरियो देखिएको शेयर बजारमा वित्त समूहको परिसूचक भने रातो देखिएको छ ।

११ समूहको परिसूचक बढेको बजारमा सर्वाधिक व्यापार समूहको परिसूचक बढेको छ । उक्त समूहको परिसूचक ९.९९ प्रतिशतले उकालो लागेको छ । त्यस्तै दोस्रोमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक ६.२१ प्रतिशतले बढेको छ भने म्यूचल फन्ड, निर्जिवन बिमा र अन्य समूहको परिसूचक ४ प्रतिशत भन्दा धेरैले बढेको छ । त्यस्तै होटलस् समूहको परिसूचक २.५३ ले बढेको छ भने बैंकिङ समूहको परिसूचक १.१५ प्रतिशतले बढेको छ । बाँकि समूहको परिसूचक भने १ प्रतिशत भन्दा थोरैले बढेको छ ।

बुधवार नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको सर्वाधिक २५ करोड ९० लाख २८ हजार ९ सय ३० रुपैयाँ बराबरको कारोबार भएको छ भने दोस्रोमा हिमालयन डिष्टिलेयरीको १८ करोड ८६ लाख ४० हजार ६ सय ९६ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार १० कम्पनीको १० करोड भन्दा धेरैको कारोबार भएको छ ।

शेयर संख्याका आधारमा भने सानिमा इक्विटि फन्डको ११ लाख ७१ हजार ७ सय ७५ कित्ता शेयरको खरिदविक्रि भएको छ । दोस्रोमा सिद्धार्थ इक्विटि फन्डको ९ लाख ६ हजार ४० कित्ता शेयर खरिदविक्रि भएको छ । कारोबार संख्याका आधारमा भने नेपाल पुर्नबिमा कम्पनी लिमिटेडको सर्वाधिक १ हजार ३ सय ८३ पटक कारोबार भएको छ ।

बुधवार दोहोरो अंकले बढेको बजारमा ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै बुधवार आइसिएफसि फाइनेन्सको शेयरमूल्य ४.७८ प्रतिशतले घटेको छ । दोस्रोमा सेन्ट्रल फाइनेन्सको शेयर मूल्य २.८९ प्रतिशतले घटेको छ ।

बुधवार १ सय ९५ कम्पनीको ३६ हजार ८ सय ९३ पटकको कारोबारमा १ करोड २५ लाख २३ हजार ६ सय ५२ कित्ता शेयरको खरिदबिक्रि हुँदा ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँ ३९ पैसा बराबरको कारोबार भएको छ ।

नेप्सेमा बजार पूँजीकरणले पनि दिन प्रति दिन नयाँ रेकर्ड कायम गर्दै छ बुधवार बजार बन्द हुँदा नेप्सेको कुल बजार पूँजीकरण २२ खर्ब ८८ अर्ब २६ करोड ९५ लाख २९ हजार ५ सय ३३ रुपैयाँ ५ पैसा कायम भएको छ ।

१.७२ प्रतिशतले बढेको बजारमा १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५३ कम्पनीको शेयर मूल्य घटेको छ बाँकि १८ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?