काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले आगामी महाधिवेशनमा नेताहरुको सभापतिमा उम्मेद्वारीबारे प्रतिक्रिया जनाएका छन् ।
नेता रिजालले पार्टी उपसभापति विमलेन्द्र निधी आगामी महाधिवेशनमा सभापतिको उम्मेद्वार हुँदा दुई भन्दा बढी उम्मेद्वार हुने र अहिले झै पार्टी दुई वटा ध्रुवमा विभाजित नहुने स्पष्ट पारेका छन् । नेता रिजालले त्यसलाई सकारात्मक रुपमा लिएको बताएका छन् । “विमलेन्द्र निधिजी सभापतिको उम्मेदवार हुँदा दुइभन्दा बढी उम्मेदवार हुन्छन र पार्टी अहिले झैं दुइटा ध्रुवमा चर्को गरी विभाजित रहदैन।” उनले भने, “त्यो सकारात्मक हो।”
कांग्रेसको आगामी १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा सभापतिको उम्मेद्वार को बन्ने ? भन्नेमा विवाद बढिरहेको छ । पार्टी सभापति देउवा स्वयम सभापतिका लागि उठ्ने बताउँदै आएका छन् । त्यस्तै देउवा निकट मानिएका पार्टी उपसभापति निधी आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेद्वार बन्ने दाउमा रहेका छन् ।
यसै सन्दर्भमा नेता रिजालले निधी सभापतिमा सफल हुने वा नहुने र सभापति भएमा बिना भेदभाव नेतृत्व गर्न सक्ने वा नसक्ने अहिले नै परीक्षण र परखको गर्भमा रहेको दावी गरेका छन् ।
“उहाँले सफलता प्राप्त गर्नेरनगर्ने र सफल भए बिना भेदभाव सबैलाई नेतृत्व गर्न सक्नेरनसक्ने कुरा त अहिले पनि परीक्षण र परखको गर्भमा छ। ” उनले भनेका छन् ।
विमलेन्द्र निधिजी सभापतिको उम्मेदवार हुँदा दुइभन्दा बढी उम्मेदवार हुन्छन र पार्टी अहिले झैं दुइटा ध्रुवमा चर्को गरी विभाजित रहदैन। त्यो सकारात्मक हो। उहाँले सफलता प्राप्त गर्ने/नगर्ने र सफल भए बिना भेदभाव सबैलाई नेतृत्व गर्न सक्ने/नसक्ने कुरा त अहिले पनि परीक्षण र परखको गर्भमा छ।
— Minendra Rijal (@MinendraRijal) November 11, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया