मैतीदेवी चोकमा नेचर सुपरमार्केट सञ्चालनमा

काठमाडौं । काठमाडौंको मैतीदेवी चोकमा नेचर सुपरमार्केट सञ्चालनमा आएको छ । सुपथ मुल्यमा दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउने उद्देश्य सहित नेचर सुपरमार्केट सञ्चालनमा ल्याइएको हो ।

उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ काठमाडौंको मैतीदेवी चोकबाट नेचर सुपरमार्केटको व्यावसायिक यात्रा सुरु गरेको छ । बजारको माग र आमउपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु उपलब्ध गराउने उद्देश्यले सुपरमार्केट सञ्चालनमा आएको हो ।

सुपथ मूल्यमा दैनिक उपभोग्य तथा ग्रोसरी सामान सुपरमार्केटमा उपलब्ध छन ।

सुपरमार्केटले उपभोक्ताको सहजताका लागि होम डेलिभरीको सुविधा समेत उपलब्ध गराएको छ । अनलाइनको माध्यमबाट सामानअर्डर तथा भुक्तानी गर्न सकिने व्यवस्था पनि छ ।

सुपर मार्केटले उपत्यकामा रहेका होटल, रेस्टुरेन्ट, होस्टेल, क्याटरिङ, क्यान्टिन, खुद्रा पसल लगायतका क्षेत्रहरुमा सुपथ मूल्यमा सामान उपलब्ध गराउने लक्ष्य राखेको छ । मूल्यमा एकरुपता कायम गर्दै उपभोक्ताको आवश्यकता र माग अनुसारश हरदेखि गाउँसम्म गुणस्तरीय सामानहरु बिक्री वितरण गर्ने सुपरमार्केटको दावी छ ।

नेचर सुपरले एक वर्ष भित्रमा काठमाडौं उपत्यकामा १० वटा शाखा विस्तार गर्ने लक्ष्य राखेको छ । पाँच वर्ष भित्र काठमाडौं उपत्यकामा ३० देखि ४० वटा शाखा बिस्तार गर्ने उद्देश्यले काम भैरहेको सञ्चालकको भनाइ छ । काठमाडौं उपत्यकापछि देशका प्रमुख शहरहरुमा नेचर सुपरमार्केटको शाखा विस्तार गर्ने उद्देश्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?