काठमाडौं । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इण्डियन्सले आईपीएलको १३ औँ सीजनको उपाधि जितेको छ ।
रोहितका कप्तानीमा मुम्बईले पाचौँ पटक लीग जितेको हो । यसैबीच पूर्व भारतीय क्रिकेटर गौतम गम्भीर र वीरेन्द्र सहवागले शर्टर फर्म्याटको कप्तानी रोहित शर्मालाई दिन माग गरेका छन् ।
गौतम गम्भीरले यदि रोहितलाई भारतीय क्रिकेट टीमको कप्तानी नबनाए यसबाट रोहितलाई घाटा नभई भारतलाई घाटा हुने बताएका छन् ।
त्यस्तै वीरेन्द्र सहवागले रोहितको तारिफ गरेका छन् । त्यस्तै इंग्ल्याण्डका पूर्व कप्तान माइकल वानले रोहितलाई शर्ट फर्म्याटको कप्तानी बनाउ पर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया