महासंघमा मतदाता रिझाउने काम मात्र भयो : भाष्कर राज राजकर्णिकार

प्रस्तुत कोइराला/काठमाडौं । चैत महिनामा हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघको चुनाव कोभिड-१९ का कारण आगामी  मंसिर ११ गतेका लागि तोकिएको छ । मंसिर महिनामा तोकिएको चुनावमा किशोर प्रधान र चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षका लागि प्रतिस्पर्धा गर्दैछन् ।

चुनाव भन्ने बित्तिकै आम मानिसको नजरमा राजनीति, खिचातानी, धुर्तता, महत्वकांक्षा जस्ता शब्दहरु दिमागमा घुम्ने गर्छ । महासंघको चुनाव कुनै पार्टिगत निर्वाचन नभए पनि राजनीति भने भरपूर हुने गरेको छ । अहिले महासंघ यहि माहोलले तातिरहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघमा लामो अनुभव बटुलेका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्कर राज राजकर्णिकारका अनुसार निर्वाचनमा माहोल तात्नु र राजनीति हुनु कुनै गम्भिर विषय होईन ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचनको समयमा राजनीति हुनु स्वभावीक देखिए पनि निर्वाचनको आडमा महासंघको मूल्य मान्यता नै बिर्सेर राजनीति गर्नु भने गलत रहेको उनको धारणा छ ।

पूर्व उपाध्यक्ष राजकर्णिकार भन्छन्, “नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्नु पूर्व महासंघको जन्म बुझ्न आवश्यक छ ।”

तत्कालीन राजा महेन्द्रको शासनकालमा निजी क्षेत्रको मह्त्व बुझेर राजा महेन्द्रको पहलमा शुरु भएको महासंघ पछिल्लो समय सोहि अवधारणमा चल्न नसकेको महशुश भएको उनी बताउँछन् ।

महासंघले राज्यको सम्पूर्ण भौगोलिक (जिल्ला नगर) वस्तुगत तथा एसोसिएटको क्षेत्र ओगट्ने भएकोले यसको महत्व आम व्यवसायीले सोचेभन्दा धेरै ठूलो रहेको छ । अहिलेको उम्मेद्वारहरुले महासंघको मूलधार लक्ष्यलाई ध्यान नदिएर निर्वाचनको राजनीतिमा लिप्त रहेको जस्तो आभाष उनलाई भएको छ । महासंघ भनेको मतदाता रिझाउने खेलमात्र नरहेको उनी बताउँछन् ।

पछिल्लो समय देशको अर्थतन्त्रले गति लिन सकेको छैन जसमा महासंघको उल्लेखनिय भुमिका हुनुपर्नेमा लामो समय निर्वाचनमा मात्र व्यर्थ गर्नु उचित नरहेको धारणा पूर्व उपाध्यक्षको रहेको छ साथै महासंघका प्रत्यासीहरुमा खुल्ला अर्थतन्त्र र समाजवाद उन्मुख अर्थतन्त्रको विषयमा अन्यौलमा रहेको पनि उनी बताउँछन् ।

महासंघमा आवद्ध पूर्व अध्यक्षदेखि आम सदस्यसम्मको भुमीका देशको अर्थतन्त्रमा केन्द्रित हुनु पर्नेमा सबै निर्वाचनमा केन्द्रित हुँदा महासंघ कमजोर बन्दै गएको अनुभुति उनलाई भएको छ ।

महासंघको निर्वाचनमा पूर्व/भावी अध्यक्षहरुको भुमिका सहमति जुटाउने तर्फ हुनपर्छ र सोहि सोचले पूर्व अध्यक्षहरु महासंघको चुनावमा सहयोगको भावना लिएर आउँछन् । तर समय र कालखण्ड अनुरुप एक पक्षको समर्थन गर्छन् । जसले गर्दा महासंघको चुनावमा पनि व्यापक राजनीतिहुने गरेको उनले बताए ।

पूर्व अध्यक्षहरु जुनसुकै मानसिकताले आएपनि पूर्व अध्यक्षहरुले केवल एक पक्षको समर्थन गरेर अर्को पक्षसँग सहमती जुटाउन प्रयास गर्नु अस्वभाविक रहेको उनले टिप्पणी गरेका छन् ।

महासंघको चुनाव चैत्त २८ गते भइसक्नु पर्ने थियो तर कोभिड १९ को महामारीका कारण सर्दै सर्दै मंसिर ११ गतेका लागि तोकिएको छ र अहिलेको समय भनेको महासंघको विधान विपरितको समय हो । पूर्व उपाध्यक्ष राजकर्णिकारका अनुसार सहमतिको प्रयास र सहमतिको टुङ्गो चैत्त २८ भन्दा अगाडी नै भईसक्नु पर्नेथियो । यती लामो समयपछि पनि सहमतीको प्रयासमा लाग्नु भनेको महासंघको मुलधार सोचको विपरित रहेको उनले बताए ।

उनका अनुसार महासंघ अहिले विधानविपरित सञ्चालन भइरहेको छ । कोहि आम सदस्यले मुद्दा दर्ता गर्ने हो भने सबै कुरा अहिले स्थिगित हुने अवस्था रहेको छ । यसतर्फ कसैको ध्यान नगएकोमा महासंघ प्रति नयाँ नेतृत्वको उम्मेदवारहरु कतिको जिम्मेवार छन भन्ने कुरालाई स्वत पुष्टि गरेको लोकपथसँगको अन्तरवार्तामा बताएका छन् ।

महासंघका पूर्व उपाध्यक्ष भाष्कर राज राजकर्णिकारका अनुसार उनी दुवैपक्षलाई समर्थन गरिरहेको बताउँछन् । दुवैपक्षसँग आ – आफ्नो क्षमता र कमजोरी रहेको बताउँदै जो नेतृत्वमा आए पनि आवश्यक कार्यमा मात्र केन्द्रित हुनु पर्ने भएकोले पार्टिगत चुनाव जस्तो फाइदा घाटा नहुने भएकोले दुवै पक्षलाई खुलेआम समर्थन गर्दा पनि केहि फरक नपर्ने उनी बताउँछन् । तर भावि अध्यक्ष शेखर गोल्छाको अडानले भने समग्र महासंघ नै अफ्ठेरो पर्ने उनले बताए ।

भावि अध्यक्ष शेखर गोल्छाले अहिले किशोर प्रधान प्यानललाई खुलेआम समर्थन गर्दै आएका छन् ।निर्वाचनको नतिजा शेखर गोल्छाको सोच अनुरुप नभएको अवस्थामा महासंघ झन कमजोर बन्ने आँकलन उनले गरेका छन् । महासंघको अध्यक्ष भए पश्चात विभिन्न निर्णयहरु गर्न सकिन्छ तर यदि अध्यक्षसँग बहुमत नरहेको खण्डमा निर्णय कार्यन्वयन प्रमुख चुनौती हुने गर्छ ।

महासंघको निर्वाचन प्रणलीमा भूगोल अर्थात् जिल्ला नगरको हिस्सा ५० प्रतिशतको रहे पनि जिल्ला नगर सधै कमजोर रहेको छ जसले समग्र महासंघलाई कमजोर बनाउँदै लगेको छ । जिल्ला नगरको मतदाता रिझाउँने तर एसोसिएट लगायतको तर्फबाट उम्मेद्वार घोषणा हुने परिपाटिले समस्या निम्त्याएको उनले बताएका छन् । महासंघको आसन्न चुनावमा वरिष्ठ उपाध्यक्षको उमेद्वार चन्द्र ढकाल र किशोर प्रधान रहेका छन् । पूर्व वरिष्ठ उपाध्यक्ष राजकर्णिकारको नजरमा दुवै व्यक्तिका सकारात्मक र नकारात्मक पक्षहरु रहेका छन् ।

चन्द्र ढकाल र किशोर प्रधानको क्षमता र कमजोरीको विषयमा कुरा गर्दा पूर्व वरिष्ठ उपाध्यक्ष भाष्कर राज राजकर्णिकार भन्छन् :

‘‘चन्द्र ढकाल अत्यन्तै शान्त शोभावका मिलनसार व्यक्ति हुन् , चन्द्र भलाद्मी छन्, जसले निकै छोटो समयमा शुन्यको अवस्थाबाट सफलता हासिल गरे । उनको त्यो गुणको महासंघमा खाँचो छ । साथै उनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धहरु बलियो छ । जुन नेतृत्व सम्हाल्ने व्यक्तिमा हुनु पर्ने गुण हो । ’’

‘‘कमि कमजोरीको कुरा गर्दा चन्द्र ढकालसँग बोल्ड लिडरसिप क्वालिटि छैन, उनी सबैलाई खुसी बनाउन पर्छ भन्ने धारणा राख्छन् तर रणभुमीमा त्यो भावना आफैलाई भारी हुन सक्छ । उनी भर्खरका छन् ।महासंघको लामो अनुभव छैन, त्यसकारण पनि उनले हतार गरे कि भन्ने महशुस मलाई भएको छ सँगै २ दशक भन्दा लामो महासंघमा अनुभव बोकेका किशोर प्रधानलाई प्रत्यासी बनाउनु पनि एउटा गलत कदम हुन सक्ने आकँलन गरेका छन् । चन्द्र ढकाल निजी संस्थाको नेतृत्वमा अत्यन्तै सफल भएका हुन् तर सार्वजनिक संस्थाको नेतृत्वमा भने कमजोर रहेका छन् । र महासंघ भनेको राज्यकै सबैभन्दा ठूलो सार्वजनिक संस्था हो । ’’

‘‘यस्तै किशोर प्रधान आफैले भने जस्तो उनमा महासंघको राम्रो अनुभव छ , उनी आफ्नो जिम्मेवारी प्रतिको परिपक्वतालाई बुझ्ने क्षमता राख्दछन् । किशोर प्रधान सामान्य रुपमा प्रस्तुत हुने गरेका छन् । भने इमान्दारीका साथ उनी निरन्तर खटिरहेका पनि छन् । यती हुँदाहुँदै पनि उनमा केहि कमजोरी भने अवश्य नै रहेको छ । उनमा अनुभव राम्रो छ तर धेरै पटक एउटै पदका लागि लडिरहने हारे पनि जिते पनि सोहि पद हासिल गर्न लागीपर्ने गरेका छन् । जसले महासंघमा नै नकारात्मक सन्देश गएको छ । साथै उनी महासंघको हरेक मुद्दा बुझ्न सक्षम भइरहँदा समय सापेक्ष भने छैनन् । वरिष्ठ उपाध्यक्ष भनेको निष्पक्ष हुनु पर्छ तर भावी अध्यक्षको समर्थनले उनी कता कता ‘ओभर कन्भिडेन्ट’ भएका छन् । जसले उनैलाई पनि राम्रो गर्ने छैन।

पूर्व वरिष्ठ उपाध्यक्षको नजरमा महासंघ के हो भन्ने लोकपथको प्रश्नमा उनी भन्छन्, “कसैले सोचे भन्दा धेरै गहिरो छ। महासंघले सरकारले गरेको निर्णय उल्टाउने क्षमता राख्दछ तर पछिल्लो समय वरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने नीतिले महासंघलाई कमजोर बनाउँदै लगेको छ । वरिष्ठलाई अध्यक्ष बनाउने नीति पश्चात् महासंघमा धेरै कमजोर बनेको उनले अनुभूती गरेका छन् ।

२ दशक भन्दा लामो समय महासंघमा बिताएका पूर्व वरिष्ठ उपाध्यक्षले महासंघमा भूगोलको प्रतिनिधि कमजोर रहेको र ७७ वटा जिल्लाको भावना बुझ्ने व्यक्ति नरहेको बताउँदै समयकालले महासंघ महासंघ जस्तो नभएको उनको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?