चालु आर्थिक वर्षको पहिलो ३ महिनामा डिप्रोक्स लघुवित्तको नाफा १०६ प्रतिशतले बढ्यो

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७ ७८ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा कम्पनीको खुद नाफा १०६ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ९ करोड ५८ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने यस वर्ष सो नाफा बढेर १९ करोड ८० लाख ९३ हजार रुपैयाँ पुगेको छ ।

प्रथम त्रैमासिक विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ७८ रुपैयाँ ८९ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २०७ रुपैयाँ ७९ पैसा रहेको छ ।

पहिलो त्रैमासमा कम्पनीले ३६ करोड ३५ लाख ५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २३ करोड ९३ लाख ९४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । गत वर्षको तुलनामा ५१.८४ प्रतिशतले बढेको हो ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ लाख ३३ हजार रुपैयाँ रहेको छ भने कम्पनीको जगेडा कोषमा १ अर्ब ८ करोड ३७ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?