७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौं । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-८ रामनगर चिप्लेगौंडा बस्ने धादिङ धुनवेशी नगरपालिका-९ घर भएका ५२ वर्षीय चक्रे तामाङलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?