काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार र कियारा आडवाणी स्टारर लक्ष्मी १० नोभेम्बरमा ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज भयो ।
रिलिज भएको केहि घण्टापछि यसले भ्यूअरशीपको रेकर्ड तोडेको हो । यसको जानकारी डिज्नी हटस्टारले स्वयं दिएको छ ।
यो फिल्मले भ्यूअरशिपको सबै रेकर्ड तोडिदिएको छ । फिल्मलाई ओटीटीमा सबैभन्दा धेरै पटक हेरिएको छ ।
यो फिल्मको बलिउड स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूत अभिनित चलचित्र दिल बेचाराको रेकर्ड समेत तोडेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया