बुधवार सुन र चाँदीको मूल्यमा वृद्धि

काठमाडौं । मंगलवार एकैपटक ३४ सय रुपैयाँले घटेको सुनको मूल्य बुधवार भने १ सय रुपैयाँले बढेको छ । बुधवार छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

छापावाल सुन मंगलवार एकैदिन ३४ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन पनि बुधवार १ सय रुपैयाँले बढेर ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार चाँदी पनि ५ रुपैयाँले बढेर १२ सय २० रुपैयाँ प्रतितोलामा काराबोर भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?