काठमाडौं । ट्रेन्ट बोल्टको अगुवाईमा बलिङको उत्कृष्ट प्रदर्शन र रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले आईपीएलमा पाचौँ पटक उपाधि आफ्नो पोल्टामा पारेको छ ।
दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएर मुम्बईले आईपीएलमा सबैभन्दा धेरैपटक उपाधि जित्ने टीममा आफ्नो नाम लेखाएको छ ।
आईपीएलको फाइनल पछि खेलाडीहरुलाई विभिन्न विधामा रकम प्रदान गरिएको थियो । जसमा किंग्स इलेभन पञ्जावका कप्तान लोकेश राहुलले यो सीजनमा सबैभन्दा धेरै ६७० रन बनाएका थिए ।
उनले ओरेन्ज क्याम्प पाए । उनले यो उपलब्धिको लागि १० लाख भारतीय रुपैयाँ पाए ।
त्यस्तै यस सीजनमै सबैभन्दा धेरै विकेट लिएका दिल्ली क्यापिटल्सका फास्ट बलर कागिसो रबाडाले पनि १० लाख रुपयाँ पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया