अब मानिस पनि चराको जसरी उड्न सक्ने, १० हजार फीटको उचाइमा १८६ मील प्रतिघण्टाको रफ्तार !

काठमाडौं । अहिलेसम्म तपाईले मात्रै कथा वा फिल्ममा मात्रै मानिस उडेको सुन्नु र देख्नुभएको होला । तर अब भने वास्तविक रपमै उड्न सकिने भएको छ ।

हामीलाई सानोमा चरा जसरी नै उड्न पाए हुन्थ्यो भन्ने आकांक्षा हुन्थ्यो तर अब त्यो आफ्नो आकांक्षा पूरा गर्न सकिने भएको छ ।

बीएमडब्ल्यू कम्पनीले एक विंगसूट बनाएको छ । यो इलेक्टिक ज्याकेटको सहयोगले मानिस अब १० हजार फीटको उचाईमा उड्न सक्नेछ ।

एक रिपोर्टका अनुसार विंगसूट १८६ मील प्रतिघण्टाको गतिमा आकाशमा उड्न सक्छ । तर सामान्य सूट ६२ मील प्रति घण्टासम्म उड्छ ।

यसको डिजाइन पेशाले स्काइडाइभर पिट साल्जम्यानले गरेका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?