काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्कासहितको विभिन्न आयोजना निरीक्षणमा जाँदैछन्।
प्रधानमन्त्री काठमाडौंबाट सीधै संखुवासभाको किमाथाङ्का नाकामा स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी) निरीक्षणमा जाने बताईएको छ ।
ओलीले किमाथाङ्कासहित सीमासुरक्षा, राष्ट्रिय गौरवको कोशी करिडोर र मकालु गाउँपालिका–५ मा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल पुगी निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीको टोलीमा प्रदेश नम्बर – १ का मुख्यमन्त्री शेरधन राई पनि संखुवासभा जाँदैछन् ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली पहिलो पटक काठमाडौं उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया