आईपीएल विजेता मुम्बईले पायो २० करोड, दिल्लीले कति ?

काठमाडौं । दिल्ली क्यापिटल्सलाई आईपीएलमा ५ विकेटले पराजित गरेको मुम्बई इण्डियन्सले २० करोड भारतीय रुपैयाँ पाएको छ ।

आईपीएलको उपाधि मुम्बईले ५ औँ पटक आफ्नो पोल्टामा पारेको छ । मुम्बईले २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि पाएको थियो ।

१३ औँ सीजनको आईपीएलको उपाधि जितेको मुम्बईले २० करोड रुपैयाँ पाएके छ भने दिल्ली क्यापिटल्सले १२.५ करोड रुपैयाँ पाएको छ ।

मुम्बई आईपीएलमा सबैभन्दा धेरै पटक आईपीएलको उपाधि जित्ने टीम बनेको छ । रोहितको टीमले पहिलो पटक फाइनलमा पुगेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको हो । यसका साथै दिल्लीविरुद्ध एक रेकर्ड जोडिएको छ ।

दिल्ली आईपीएलको फाइनलमा १६० भन्दा कम रनमा समेटिने पहिलो टीम बनेको छ । त्यस्तै रोहितको टीमले पहिलो पटक लक्ष्य पच्छ्याएर जितेको हो ।

यो भन्दा पहिला २०१० मा पनि चेन्नईविरुद्ध लक्ष्य पच्छ्याएकोमा हार व्यहोरेको थियो । मुम्बईले ८ बल बाँकि रहँदै जित दर्ता गरेको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले १५७ रन बनाएको थियो । जवाफमा मुम्बईले १५७ रन बनाएर जित्यो । टीममा कप्तान रोहित शर्माले ५ बलमा ६८ रन र ईशान किशनले १९ बलमा ३३ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?