कर्णाली प्रदेशका किसानले २ प्रतिशत ब्याजमा १ लाखदेखि १ करोडसम्म ऋण पाउने भएका छन्। किसानलाई व्यावसायिक बनाउन र प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकारले सहुलियत ऋण कार्यक्रम ल्याएको हो।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार व्यावसायिक रूपमा कृषि गर्ने तथा पशुपक्षी पाल्न चाहने किसानलाई सहुलियत ऋण उपलब्ध गराइनेछ। यो कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार र कृषि विकास बैंकबीच सम्झौता भएको छ। मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र र कृषि विकास बैंकको प्रदेश कार्यालयका उपमहाप्रबन्धक प्रताप सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया