काठमाडौं । मुम्बई इण्डियन्सले ५ औँ पटक आईपीएलको उपाधि जितेको छ ।
यसका साथै मुम्बई आईपीएलमा सबैभन्दा धेरै पटक आईपीएलको उपाधि जित्ने टीम बनेको छ । रोहितको टीमले पहिलो पटक फाइनलमा पुगेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको हो । यसका साथै दिल्लीविरुद्ध एक रेकर्ड जोडिएको छ ।
Ladies and Gentlemen, presenting to you FIVE TIME IPL CHAMPIONS – #MumbaiIndians #Dream11IPL pic.twitter.com/Wz2ONkrh7E
— IndianPremierLeague (@IPL) November 10, 2020
दिल्ली आईपीएलको फाइनलमा १६० भन्दा कम रनमा समेटिने पहिलो टीम बनेको छ । त्यस्तै रोहितको टीमले पहिलो पटक लक्ष्य पच्छ्याएर जितेको हो ।
यो भन्दा पहिला २०१० मा पनि चेन्नईविरुद्ध लक्ष्य पच्छ्याएकोमा हार व्यहोरेको थियो । मुम्बईले ८ बल बाँकि रहँदै जित दर्ता गरेको थियो ।
टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले १५७ रन बनाएको थियो । जवाफमा मुम्बईले १५७ रन बनाएर जित्यो । टीममा कप्तान रोहित शर्माले ५ बलमा ६८ रन र ईशान किशनले १९ बलमा ३३ रन बनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया