अल्टिमोडिलमा श्वेता खड्काले गरिन् लगानी, बढ्यो भूमिका

काठमाडौं । अभिनेत्री, सामाजिक कार्यकर्ता तथा उद्यमी श्वेता खड्काले अल्टिमोडल अनलाइन शपिङ प्रा.लि.मा लगानी गरेकी छन् ।

२०१७ देखि शुरू भएको कम्पनी नेपालमा एक विश्वस्त इकमर्स व्यवसायका रूपमा देखा पर्दैछ। कम्पनीमा खड्काको इन्ट्री भएसँगै उनी बोर्ड अध्यक्षमा समेत चयन भएकी छन् ।
नेपालको खुद्रा उद्योगलाई डिजिटलकरण गर्ने लक्ष्य पूरा गर्न महत्वपूर्ण लगानी गरेको उनको भनाइ छ ।

अल्टिमोडल युवा उद्यमीले कलेजपछि राम्रो ईकमर्स सेवा प्रदान गर्न र अवस्थित अनलाइन खुद्रा बिक्रेताहरूले छोडेको अन्तर पूरा गर्ने लक्ष्यको साथ शुरू गरेका थिए। उनीहरूले एउटा सानो कोठा र केही हजार रूपैयाँबाट काम शुरु गरेका थिए।

‘कम्पनीको प्राथमिक लक्ष्य ‘Traditional wears’ निर्माताबाट सस्तो मूल्यको साथ राम्रो गुणस्तरको पहिरन प्रदान गर्नु थियो। पछि हामीले ग्राहकहरूलाई राम्रो शपिङको अनुभव प्रदान गर्न अन्य क्याटोगोरीमा विविधता ल्यायौँ,’ अल्टिमोडल अनलाइन शपिङ प्रा.लि.का सीईओ मनीष घिमिरेले बताए ।

प्रविधिको प्रयोगमार्फत घरमै बसीबसी भौतिक पसलहरूमा जस्तै मूल्यमा गुणस्तरीय उत्पादन कम्पनीले प्रदान गर्ने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?