कोरोना भ्याक्सीनले फाइजरको शेयर मूल्यमा उछाल

काठमाडौं । कोरोना भाइरसको भ्याक्सीनको खबरपछि फाइजरको शेयरमा मंगलवार १९ प्रतिशत भन्दा धेरैले उछाल आएको छ । योसँगै एक वर्षकै उच्च स्तरमा पुगेको छ ।

फाइजर कम्पनीले कोरोना विरुद्धको भ्याक्सीन ९० प्रतिशत प्रभावकारी हुने समाचार बाहिर आएसँगै मंगलवार बम्बे स्टक एक्सचेन्जमा १६.२९ प्रतिशतले बढेर हालसम्मकै उच्च ५ हजार ८ सय ७५ रुपैयाँ प्रति कित्ता शेयर कायम भएको छ भने नेशनल स्टक एक्सचेन्जमा १९.२९ प्रतिशतको वृद्धिसँगै ५ हजार ८ सय ७५ रुपैयाँ प्रति कित्ता शेयर कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?