काठमाडौं । क्रिकेटमा सबैभन्दा महंगो र लोकप्रिय लीग मानिएको इण्डियन प्रिमियर लीग (आईपीएल) को १३ औँ संस्करणको फाइनल म्याच आज हुँदैछ ४ पटकको उपाधि विजेता मुम्बई इण्डियन्स र पहिलो पटक फाइनल प्रवेश गरेको दिल्ली क्यापिटल्सबीच खेल पौने ८ बजे शुरु हुनेछ ।
खेलमा दिल्लीका कसिला बलरका अगाडि मुम्बईका ब्याट्सम्यानलाई जोगिनुपर्ने हुन्छ ।
मुम्बईको कप्तानी फर्ममा रहेका रोहित शर्माले सम्हाल्नेछन् भने दिल्लीको कप्तानी श्रेयस अय्यरले सम्हाल्नेछन् ।
When you realize you'll be playing Delhi's maiden @IPL final tomorrow 🕺🏻🕺🏻🕺🏻#YehHaiNayiDilli #Dream11IPL #MIvDC @Address_Hotels @ShreyasIyer15 @SDhawan25 @MStoinis pic.twitter.com/1k0pKtaQ7L
— Delhi Capitals (@DelhiCapitals) November 9, 2020
यसैबीच दिल्लीका स्टार क्रिकेटरहरुको डान्स भिडियो अहिले सोसल मिडियामा भाइरल बनिरहको छ ।
भाइरल भिडियोमा कप्तान श्रेयस अय्यर, शिखर धवन र मार्कस स्टोइनिस डान्स गरिरहेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया