नेप्से परिसूचक ३ वर्ष यताकै उच्च , बजार पूँजीकरण पनि हालसम्मकै धेरै

काठमाडौं । मंगलवार शेयरबजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलवार २२.९८ अंकको वृद्धिसँगै शेयरबजार १६७५.७९ अंकमा बजार बन्द भएको छ ।

नेप्से २०७४ साल साउन २३ गतेका दिन १६६७ अंकको विन्दुमा रहेको थियो । त्यसपश्चात निरन्तर घटेको बजार २०७५ साल फागुन महिनामा ११०९ को विन्दुमा रहेको थियो । सो विन्दु पश्चात केहि समयपछि बढ्न थालेको बजार गत फागुन महिनामा १६२०.२७ अंकमा रहेको थियो । कोरोना महामारीका कारण घट्न थालेको बजार अन्तत ३ वर्ष यताकै उच्च विन्दु १६७५.७९ अंकमा कात्तिक २५ गते मंगलवारको कारोबार बन्द भएको छ ।

१.३९ प्रतिशतले बढेको बजारमा २ समूहको परिसूचक भने घटेको छ । जलविद्युत समूहको परिसूचक ०.०५ प्रतिशतले घटेको छ भने म्यूचल फन्ड समूहको परिसूचक ०.१७ प्रतिशतले घटेको छ ।

बाँकि सबै समूहको परिसूचक बढेको छ जसमा ट्रेडिङ समूहको परिसूचक सर्वाधिक ७.८७ प्रतिशतले बढेको छ भने होटलस्, जिवन बिमा र अन्य समूहको परिसूचक ४ प्रतिशत भन्दा धेरैले बढेको छ । त्यस्तै निर्जिवन बिमा र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ प्रतिशत भन्दा धेरैले बढेको छ । बाँकि सबै समूहको परिसूचक १ प्रतिशत भन्दा थोरैले बढेको छ ।

मंगलवार नेपाल पुर्नबिमा कम्पनीको सर्वाधिक २८ करोड ५३ लाख ३२ हजार १ सय ५१ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नेपाल लाईफ इन्स्योरेन्सको २३ करोड ५८ लाख ४४ हजार १ सय ६८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

शेयर संख्याका आधारमा भने कामना सेवा विकास बैंकको सर्वाधिक ७ लाख १ सय ४ कित्ता खरिबिक्रि भएको छ । कारोबार संख्याका आधारमा भने नेपाल पुर्नबिमा कम्पनीको २ हजार ७ सय ७५ पटक कारोबार भएको छ ।

मंगलवार दोहोरो अंकले बढेको बजारमा ४ कम्पनीको शेयरमूल्यमा सर्किट बे्रक लागेको छ । कर्पोरेट डेभलप्मेन्ट बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन, सानिमा जनरल इन्स्योरेन्स, र नेपाल दुरसञ्चारको कम्पनीको शेयर मूल्य सर्वाधिक बढेको छ ।

शेयर मूल्य घटेर कारोबारहुने कम्पनी मध्ये विशाल बजार कम्पनीको शेयर मूल्य ४.६१ प्रतिशतले घटेको छ । दोस्रोमा अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको २.६९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

मंगलवार १ सय ९६ कम्पनीको ३८ हजार ६ सय ३४ पटकको कारोबारमा ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता शेयरको खरिदबिक्रि हुँदा ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २ सय ५६ रुपैयाँ १७ पैसा बराबरको कारोबार भएको छ ।

मंगलवार नेप्सेको बजार पूँजीकरण पनि हालसम्म कै उच्च विन्दुमा अडेको छ । आजको बजारको बजार पूँजीकरण २२ खर्ब ४९ अर्ब ५५ करोड ९८ लाख ११ हजार ६ सय ७२ रुपैयाँ ५ पैसा कायम भएको छ ।

मंगलवार कारोबारमा आएका कम्पनी मध्ये दोहोरो अंकले बढेको बजारमा १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने ५० कम्पनीको शेयर मूल्य घटेको छ बाँकि २० कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?