काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षत्रयको बैठकले पार्टी र संगठनको भावी कार्यक्रमबारे छलफल गरेको छ ।
राप्रपाका अध्यक्षत्रय पशुपति शम्शेर राणा, डा प्रकाश चन्द्र लोहनी र कमल थापाबीच मंगलवार भएको भेटघाटमा देशको राजनीतिक अवस्था र पार्टी संगठनको समेत समिक्षा गरिएको जनाइएको छ ।
“राप्रपा त्रय अध्यक्षहरूको आज बसेको बैठकले देशको राजनीतिक अवस्था र पार्टी संगठनको समिक्षा गर्दै भावि कार्यक्रमवारे छलफल गरेको छ।” अध्यक्ष थापाले भने ।
त्यस्तै स्थानीय तहहरुमा पार्टी समायोजनालाई तिव्रता दिने साथै कोरोना नियन्त्रणमा सरकारको असफलता , भ्रष्ट्राचार, बेरोजगारी लगायतका समस्याहरुको समाधानका लागि जनसंघर्ष गर्नेबारे छलफल भएको समेत अध्यक्ष थापाले बताएका छन् ।
“स्थानीयतहमा पार्टी समायोजनलाई तिव्रता दिने तथा कोरोना नियन्त्रणमा सरकारको असफलता,भ्रष्टाचार, बेरोजगारी समस्या लगायतका विषयलाई लिएर तिहाररछठ पछि जनसंघर्ष गर्नेवारे समेत छलफल भएको छ ।” अध्यक्ष थापाले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया