काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा १२ लाख ६९ हजार ५ सय ७१ जनाको मृत्यु भएको छ भने ५ करोड १२ लाख ६९ हजार ७ सय ८० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड ६० लाख ६६ हजार १ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ९३ हजार ७ सय १५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
नेपाल कोरोना संक्रमितको हिसावले विश्वको ३४ औँ स्थानमा रहेको छ ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ रहेको छ भने कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार १२६ रहेको छ । त्यस्तै, नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५९ हजार ७२४ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया