ग्रीन भेन्चर कम्पनीले ६२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निकाल्दै

काठमाडौं । ग्रीन भेन्चर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर आइपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमती पाएको छ । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित मूल्यमै आइपीओ निष्काशन गर्ने छ ।

ग्रीन भेन्चर कम्पनी लिमिटेडले उक्त शेयर निष्काशन तथा बिक्रि प्रबन्धकको जिम्मा लक्ष्मी क्यापिटललाई सुम्पेको छ । साथै, कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गर्ने सम्झौता समेत भएको छ ।

ग्रीन भेन्चर कम्पनी लिमिटेडले ५२.४ मेगावाटको लिखुखोला-४ र १२.५ मेगावाटको लिखुखोला-४ ‘ए’ जलविद्युत आयोजना निमार्ण गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?