मन नपरे मलाई ब्लक वा अनफलो गर्नुस् : अभिनेत्री कंगना

काठमाडौं । हरेक विषयमा खुलेर आफ्नो भनाई राख्ने बलिउड अभिनेत्री कंगना रनौतले रिस गर्नेलाई जवाफ फर्काएकी छन् ।

उनलाई ट्वीटरमा चुप लागेर बस्ने सल्लाह दिनेहरुमाथि उनले यस्तो जवाफ फर्काएकी हुन् ।

उनले लेखेकी छन्, ‘सबै फ्यान्स हरेक दिन मेरो ट्वीट चेक गरिरहेका हुन्छन्, फेरि आफूलाई थकाइ लागेको र बोर भएको बताउँछन्, र मलाई चुप लागेर बस्न भन्छन्, उनीहरुले मलाई म्यूट वा अनफलो गर्न सक्नेछन्, मलाई रिस गर्नेले मायाँ नदेखाउनू ।’ कंगनाले पत्रकार अर्णव गोस्वामीलाई रिहाईको माग गर्दै विभिन्न ट्वीट गरिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?