सूर्योदय लघुवित्तको प्रथम त्रैमासिक विवरण सार्वजनिक, नाफा १६ प्रतिशतले घट्यो

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७७/७८ का लागि प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीको खुद आम्दानी १६ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ४१ करोड ८० हजार खुद नाफा कमाएकोमा यस वर्षको पहिलो ३ महिनामा १ करोड १८ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

चालु वर्षको ३ महिना अर्थात् असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ५७ पैसा रहेको छ ।

नाफा घटे पनि कम्पनीको चुक्ता पूँजी र जगेडा कोषको रकम बढेको छ । गत आवको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी १० करोड ७९ लाख र जगेडा कोषमा १२ करोड ७९ लाख रहेकोमा यस वर्ष बढेर कम्पनीको कुल चुक्ता पूँजी २१ करोड ५० लाख भएको छ भने जगेडा कोषमा १२ करोड ८१ लाख सञ्चित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?