आईपीएलको रणसंग्राम : मुम्बईका ब्याट्सम्यानलाई दिल्लीका बलरको चुनौति

काठमाडौं । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‌वान्टी क्रिकेटको फाइनल आज (मंगलवार) हुँदै छ । आईपीएलको उपाधिका लागि दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स भिड्दै छन् ।

चार पटकको च्याम्पियन मुम्बई दिल्लीलाई हराउँदै पाँचौ पटक उपाधि जित्न चाहन्छ । चार पटकको च्याम्पियन मुम्बईलाई हराउँदै दिल्ली पनि पहिलो फाइनलमै उपाधि जित्दै इतिहास रच्न चाहन्छ ।

IPL 2020 Delhi Capitals (dc) Full Team Squad | DC Squad 2020 | DC Players  List 2020 - YouTube

श्रेयस अय्यरको कप्तानीम रहेको दिल्लीको नजर आफ्नो पहिलो उपाधि रहेको छ । टीमका ओपनर शिखर धवनले लगातार शतक लगाएका छन् ।

उनी लगातार आईपीएलमा दुई शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान हुन् । त्यस्तै दिल्लीले लीगमा राम्रो बलिङ गरिरहेको छ ।

टीमलाई जिताउनको लागि दिल्लीको पहिलो हतियार भनेकै बलिङ हुनेछ । त्यस्तै मुम्बईमा ११ जना मध्ये ८ जनासम्म ब्याट्सम्यानले कुनै पनि बेला खेललाई परिवर्तन गरिदिन सक्छन् ।

फर्ममा रहेका रोहित शर्मा, क्विन्टन डिकक र सूर्यकुमार यादव जस्ता ब्याट्सम्यान टीममा छन् । अलराउण्डरमा हार्दिक र क्रुणाल पाण्डे रहेका छन् । उनी बाहेक कीरोन पोलार्ड र नाथन कुल्टर नाइल रहेका छन् ।

त्यस्तै दिल्लीको ब्याटिङको जिम्मेवारी शिखर धवन र कप्तान श्रेयस अय्यरको काँधमा छ । धवनले सीजनमा ५०० भन्दा धेरै रन बनाइसकेका छन् ।

Mumbai Indians Team for IPL 2020 | IPL 13 Mumbai Indians Match Schedule

उनले चेन्नई र पञ्जावविरुद्ध लगातार दुई शतक (१०१, १०६) नट आउट प्रहार गरेका थिए । दुबै खेलाडीले मुम्बईका तीव्र गतिका बलरहरुको भने सामना गनुपर्ने हुन्छ ।

सम्भावित टिम :

मुम्बई : रोहित शर्मा, क्विन्टन डी कक, सूर्यकुमार यादब, इशान किशन, हार्दिक पाण्डय, केइरन पोलार्ड, कुर्नाल पाण्डय, नाथन कल्टर, राहुल चाहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह

दिल्ली :  शिखर धवन, मार्कुस स्टोनिस, अजिन्का रहाने, श्रेयस आयर, शिम्रन हिटमायर, ऋषब पन्त, अक्षर पटेल, प्रविन डुबे, कागिसो राबडा, रविचन्द्र आश्विन, एनरिच नोर्टजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?