कस्तो छ आर.एस.डि.सी लघुवित्तको चालुवर्षको प्रथम त्रैमासिक विवरण ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ का लागी आर एस डि सी लघुवित्त वित्तीय संस्थाले प्रथम त्रैमासिक विवरण सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा कम्पनीको खुद नाफा २३.२८ प्रतिशतले बढेको छ । पहिलो त्रैमासमा कम्पनीको खुद नाफा २ करोड ८१ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २ करोड २८ लाख रुपैयाँ सुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७५ पैसा र प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ १२ पैसा रहेको छ ।

प्रथम त्रैमासिक विवरण अनुसार कम्पनीको चुक्ता पूँजी ६७ करोड १५ लाख रुपैयाँ रहेको छ भने कम्पनीको जगेडा कोषको रकम बढेर १७ करोड ५३ लाख पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?