चालु वर्षको पहिलो त्रैमासमा कामना सेवा विकास बैंकको खुद नाफामा ९७२.९५ प्रतिशतको वृद्धि

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०७७ ७८ को पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ९७२.९५ प्रतिशतले बढेको छ ।

कम्पनीको खुद नाफा गतवर्षको सोही अवधिको तुलनामा १ करोड ८६ लाखबाट बढेर २० करोड १ लाख १६ हजार रुपैयाँ पुगेको छ ।

प्रथम त्रैमासिक विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ५१ पैसा रहेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २ रुपैयाँ ९४ पैसा मात्र रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ १ सय २२ रुपैयाँ ६२ पैसा र मूल्य आम्दानी अनुपात ७.०८ गुणा कायम भएको छ ।

२ अर्ब ५४ करोड १ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कामना सेवा विकास बैंकको जगेडा कोषमा ५० करोड ३० लाख रुपैयाँ संचिती रहेको छ भने रिटेन्ड अर्निङ्गमा ७ करोड १४ लाख रुपैयाँ सञ्चित रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको जगेडा कोषमा ७२ करोड ५० लाख रुपैयाँ थियो भने रिटेन्ड अर्निङ्ग २० करोड ४७ लाख रुपैयाँले ऋणात्मक थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?