महिला आईपीएलको उपाधि ट्रेलब्जेलर्सलाई

काठमाडौं । शारजाहमा भएको महिला टी २० आईपीएलको उपाधि ट्रेलब्जेलर्सले जितेको छ । ट्रेलब्जेलर्सले सुपरनोवाजलाई १६ रनले पराजित गर्दै पहिलो पटक उपाधि हात पारेको हो ।

स्मृति मन्धानाको कप्तानीमा रहेको ट्रेलब्जेलर्स हरमनप्रीत कोरको कप्तानीमा रहेको सुपरनोवाजलाई हराएर उपाधि चुमेको हो ।

यो भन्दा पहिला सुपरनोवाजले २०१८ र २०१९ मा महिला टी ट्वान्टीको उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?