ब्याट्सम्यान भिन्स कोरोना भाइरस संक्रमित

लण्डन । इङ्ल्याण्डका चर्चित ब्याट्सम्यान जेम्स भिन्स पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

संक्रमित भएपछि आगामी पाकिस्तान सुपर लिग (पिएसएल) मा उनको सहभागीता हुने कि नहुने भन्ने बारेमा अनिश्चित भएको छ ।

उनलाई अहिले कुनै लक्षण नदेखिएको र चाडै नै फेरी परीक्षण गर्ने तयारी भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अहिलेलाई भने ब्याट्सम्यान भिन्सलाई कम्तीमा दश दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने बाध्यता आइपरेको छ । संक्रमण पुष्टि भएको दिन देखि नै उनी सेल्फ आइसोलेसनमा बसेका हुन् ।

कोरोना भाइरसका कारण विश्वका धेरै प्रभावशाली खेलाडीहरू संक्रमित भएका छन् । लामो समय खेल गतिविधि बन्द भएपनि पछिल्लो समय बिस्तारै सूचारु हुन लागिरहेका बेला खेलाडीहरु संक्रमित हुने क्रम बढेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?