काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर पार्टी महासचिव विष्णु पौडेल प्रचण्ड निवास खुमलटार गएका छन् ।
पार्टीभित्रको विवाद चर्किएका बेला अध्यक्ष ओलीले विवाद समाधानका लागि गठित कार्यदलका सदस्यहरुसँग भेट गरेका थिए ।
अध्यक्ष ओलीलाई नेकपा सचिवालयका बहुमत सदस्यले दिएको पत्रमा ओलीले तोक लगाउँदै महासचिवलाई दूतका रुपमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पठाएका हुन् ।
आजको बैठकमा ओलीले बहुमत सदस्यको पत्रमा तोक लगाउँदै विधानअनुसार तयारी गर्नका लागि निर्देशन दिएका छन् ।
महासचिव पौडेलले प्रचण्डलाई दुई हप्ताभित्र बैठक बस्नुपर्ने भन्दै त्यहि अनुसार तयारी गर्न आग्रह गरेका छन् ।
तर अध्यक्ष दाहालले भने भने आफूले बैठक मात्रै नचाहेको सहमती पनि खोजेको जवाफ दिएको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया