पूर्वमाओवादी पक्षद्वारा बैठक बहिस्कार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा कार्यदलका ४ जना सदस्यबीच छलफल भएको छ । तर पूर्व माओवादीको तर्फबाट कार्यदल सदस्यमा रहेकाहरुले भने बैठक बहिस्कार गरेका छन् ।

सोमवार दिउँसो अध्यक्ष ओलीले कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएका थिए । तर बालुवाटारको छलफलमा कार्यदल सदस्य जनार्दन शर्मा र पम्फा भुसाल भने सहभागी भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?