आईपीएलबाट फर्किएका धोनी राँचीमा बाइक चलाउँदै

काठमाडौं । भारतीय क्रिकेट टमिका पूर्व कप्तान तथा चेन्नई सुपरकिंग्सका कप्तान महेन्द्र सिंह धोनी दुबईबाट आफ्नो शहर राँची गएका छन् ।

आईपीएलबाट चेन्नई सुपरकिंग्स बाहिरिएसँगै उनी भारत फर्किएर बाइकमा रमाउन थालेका हुन् ।

सोमवार उनी यामाहाको आफ्नो सबैभन्दा पुरानो बाइकमा राँचीको रोडमा देखिएका थिए ।

उनी २ नोभेम्बरमा चेन्नईका खेलाडी मोनू सिंहसँगै राँची गएका थिए ।

उनी बाइकका एकदमै शौखिन छन् । उनीसँग महंगा बाइकहरु छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि सोमवार उनी पहिलो पटक बाइक लिएर निस्किएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?