सिरानीमुनी के राख्ने ? वास्तुशास्त्र भन्छ – यी कुरा राखेर सुत्दा फलिफाप हुन्छ !

काठमाडौं – तपाई वास्तुशास्त्रमा कत्तिको विश्वास गर्नुहुन्छ ? कहिलेकाहिँ हामीले चाहँदा – चाहँदै पनि जीवन सोचजस्तो /चाहेजसरी चलाउन मिल्दैन । एकातिरबाट मिलाउँदै गयो अर्कोतिरबाट बिग्रँदै जान्छ । वास्तुशास्त्रका अनुसार तपाईले सिरानीमुनी के कुरा राखेर सुत्नुहुन्छ भन्ने कुराले पनि तपाईको जीवनसँग अर्थ राख्छ । यो प्रश्न गरेका धेरैले जवाफमा भन्छन्, मेरो सिरानीमा २र ४ पैसा छ होला। अनि केही महिलाले जवाफ दिन्छन्, कपाल बाँध्ने रबर । कतिपयले भन्छन्, ‘सजिलो लाग्ने भएकोले सिरानीमा मोबाईल राखीन्छ । तर त्यसो होईन ।
वास्तुशास्त्रका अनुसार तपाईले आफ्नो सिरानीमूनि केही महत्वपूर्ण चीज राखेर सुत्दा तपाईको विपत्ति दुर हुन्छ । र जीवनमा नया नयाँ ढोकाहरु खुल्नेछन् । यसअर्थ आजै राम्रो कामको सुरुवात किन नगर्ने
(राति सुतेको समयमा सिरानी मुनि गीता हुनु राम्रो हुन्छ ।

राति सुत्ने समयमा सिरानी मुनि मुला राखेर सुती भोलीपल्ट विहान उठेपछि उक्त मुला शिवलिंगलाई चढाउँनाले राहुको दोष निवारण हुन्छ ।

कतिपयले हनुमान चालिस राख्न पनि सुझाएको पाईन्छ ।

तामाको भाँडामा पानी राखेर विहान उठ्नासाथ उक्त पानी पिउनुहोस् । बचेको पानीलाई कुनै गमलामा हाल्नाले तपाइको मनोकामना पूरा हुन्छ ।

लसुनमा हुने भोल्टाइल तेलको गन्धले शरिरमा गर्मी पैदा गर्छ । यसले रुघा तथा सर्दीको समस्या हटाउँछ ।

फलामजन्य उपकरण तपाईको सिरानीमा फलामजन्य उपकरण राख्नुहोस् ।

सिरानीमुनी फूल राख्दा पनि राम्रो हुन्छ ।

दक्षिण दिशामा शिर अनि उत्तर दिशामा गोडा पारेर सुत्नु सर्वोत्तम मानिन्छ । यदी यसरी सुत्नुभयो भने धेरै बिमारी लाग्न पाउँदैनन् । हामीले दक्षिणतिर शिर पारेर सुत्दा यो ऊर्जा हाम्रो शिरबाट पसेर गोडाको बाटो हुँदै निस्कन्छ ।

पति–पत्नीबीचको सम्बन्धमा छटपट छ भने मंगलबारको राति मुङको दाललाई कुनै हरियो रंगको कपडामा बाधेर सिरानीमुनि राखेर सुत्नुहोस् र विहान उठेर उक्त कपडा कुनै कन्यालाई दान गनुस् वा दुर्गा मन्दिरमा चढाउनुहोस् ।
शुभरात्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?