९ चैत्र २०७९, बिहीवार

दशैं मान्न आइपुगे प्रधानमन्त्री देउवा, विमानस्थलमा के- के भने ?

२०७४,आश्विन,१२,बिहीवार १६:११

9
Shares

 काठमाडौँ, १२ असोज – -प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिई आज स्वदेश फर्किएका छन् ।संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भएको सो महासभा सकिएपछि प्रधानमन्त्री देउवा ओमनको औपचारिक भ्रमण समेत पुरा गरी आज अबुधावी हुँदै स्वदेश फर्किएका हुन् ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ, मन्त्रीगण, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख र उच्च पदस्थकर्मचारीले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवालाई नेपाली सेनाको एक टुकडीले सम्मान गारथ अर्पण गरेको थियो ।स्वदेश फर्केपछि विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमाप्रधानमन्त्री देउवाले आफूले महासभालाई सम्बोधनका क्रममा नेपालको नयाँ संविधान, हालै सम्पन्न स्थानीय तहको निर्वाचनलगायतका विषयमा अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराएको, नेपाल राष्ट्रसंघको उद्देश्यहरु परिपूर्तिमा प्रतिबद्ध रहेको, विश्व शान्ति र आतंकवाद नियन्त्रण गर्न ऐक्यबद्ध भएको बताए ।यसैगरी उनले राष्ट्रसंघमा साना मुलुकको भूमिकाका विषयमा पनि आफूले परिचर्चा गरेको जनाउँदै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहँदा सार्क राष्ट्र र विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा समकक्षीसँग गरेको भेटवार्ता उपलब्धिमूलक रहेको जानकारी दिए ।प्रधानमन्त्री देउवाले नेपाल सार्कको अध्यक्ष मुलुकसमेत रहेको नाताले १९ औँ सार्क शिखर सम्मेलन गराउने विषयमा त्यहाँ उपलब्ध सार्क मुलुकका परराष्ट्र मन्त्रीहरुको अनौपचारिक बैठक समेत भएको बताए ।राष्ट्र संघको शान्ति स्थापनाको लक्ष्यमा शान्ति सेनाको भूमिका थप प्रभावकारी बनाउन तथा काभ्रेको पाँचखालस्थित सैनिक तालीम केन्द्रलाई क्षमता वृद्धि गर्न कुराकानी भएको उनले बताए |प्रधानमन्त्री देउवाले आफ्नो ओमानको औपचारिक भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप प्रगाढ भएको र त्यहाँस्थित नेपाली श्रमिकहरुको श्रम शोषण अन्त्यका लागि विशेष पहल गरिने बताए ।चिकित्सकहरुको जारी हडतालका बारेमा पत्रकारद्वारा सोधिएको प्रश्नमा प्रधानमन्त्री देउवाले उनीहरुको माग सम्बोधन गर्न तथा चिकित्सकको सुरक्षाका लागि सरकार सदैव तयार रहेको तर स्वास्थ्य सेवामा हडतालका कार्यक्रम फिर्ता लिनुपर्ने प्रतिक्रिया दिए ।प्रधानमन्त्री महासभामा भागलिनका लागि यही असोज ३ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,१२,बिहीवार १६:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ प्रदेश सरकारका योजना र कार्यक्रम लक्षित गरिएको बताएका छन्। लुम्बिनी

काठमाडौं । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा सहभागि हुन केही बेरअघि कांग्रेस सभापति

काठमाडौं । बुधबार भएको भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००