‘फूलैफूलको मौसम तिमीलाई’…(फोटोफिचर)

काठमाडौं । फुलेको फूल देखेर जो कोहिको मन आनन्दित हुन्छ । फूलले सौन्दर्य मात्रै होइन खुल्ला आकाशमा दिल खोलेर हाँस्न पनि सिकाउँछ । मानिसहरुलाई प्रकृतिले दिएको सबै भन्दा सुन्दर र बहुमूल्य उपहार हो, फूल ।

विश्वमा फूल कसलाई मन पर्दैन होला र ? आफ्नो सुन्दरता र सुुगन्धका कारण फूलहरुले कविको कविता देखी संगीतकारको गीतमा समेत स्थान पाएका छन् । प्रत्येक फूलको आफ्नै सुन्दरता र विशेषता हुन्छ । यहीकारण फूललाई जन्मेदेखि मृत्यु हुँदासम्मको महत्वपूर्ण क्षणहरुमा रोजिन्छ, प्रयोग गरिन्छ । आफ्नो विशेषता, सुन्दरता र औधी उत्कृष्ट सुगन्ध केही फूल निकै विशेष हुने गरेका छन् ।

नजीकिँदै गरेको तिहार पर्वको विशेषता फूलसँग पनि जोडिएको छ । आकर्षक सयपत्री र अजम्बरी मानिने मखमलीको मालाले घर सजाउनु, लक्ष्मी पूजा गर्नु र दिदीबहिनीले दाजुभाइलाई यिनै फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्नु तिहारको विशेषता हो । सयपत्री र कहिल्यै नओइलाउने मखमली फूल त यो पर्वमा अनिवार्य आवश्यकता जस्तै हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?