अभिनेता अर्जुन रामपालको घरमा एनसीबीको छापा, ड्राइभर हिरासतमा

काठमाडौं । ड्रग्स केसमा एनसीबीले बलिउड अभिनेता अर्जुन रामपालको घरमा छापा मारेको छ ।

छापा गर्दा के भेटिएको भन्ने बारेमा केहि खुलाइएको छैन । तर भारतीय सञ्चारमाध्यमका अनुसार रामपालका ड्राइभरलाई हिरासतमा लिएर सोधपुछ जारी छ ।

बितेको महिना मात्र एनसीबीले उनकी श्रीमती ग्रबिएला डेमेट्रियड्सका भाई अगिसिलाओसलाई गिरफ्तार गरेको थियो । उनको घरमा चरेस र अल्प्राजोलम ट्याब्लेट पाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?