यस्तो छ इन्फिनिटी लघुवित्तको पछिल्लो ३ महिनाकोे विवरण

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ का लागी प्रथम त्रैमासिक विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा कम्पनीको खुद नाफा ३५.३८ प्रतिशतले बढेको छ । चालु वर्षको पहिलो ३ महिनामा कम्पनीले २ करोड १८ लाख खुद नाफा कमाएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले १ करोड ६१ लाख खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २३ पैसा र प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ६८ पैसा रहेको छ ।

चालु वर्षको प्रथम त्रैमासिक विवरण अनुसार कम्पनीको चुक्ता पूँजी २२ करोड ८१ लाख ४० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १२ करोड २४ लाख रुपैयाँ रहेको छ ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सार्वजनिक गरेको प्रथम त्रैमासिक विवरण अनुसार कम्पनीको नाफा सँगै अधिकांश सूचकहरु सकारात्मक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?